नुवाकोट माओवादी केन्द्रको १२ वटै स्थानीय तहमा नयाँ नेतृत्व
नुवाकोट,मंसिर १८ । नेकपा माओवादी केन्द्र नुवाकोटको १२ वटै स्थानीय तहमा नयाँ नेतृत्व टुंगो लागेको छ । मंसिर ११ गते नै देशव्यापी रुपमा अधिवेशन सम्पन्न गर्ने निर्णय भए पनि मंसिर १८ मा नुवाकोटका सबै तहमा नयाँ कमिटी विस्तार भएको नेकपा माओवादी केन्द्र नुवाकोटले जनाएको छ ।
शनिबार नै नेकपा माओवादी केन्द्र लिखु गाउँपालिकाले पदाधिकारी चयन गरेको छ । लिखु गाउँपालीकाको दोश्रो भेलाले भिम ढकालको अध्यक्षतामा ५५ सदस्यीय कमिटी गठन गरेको हो । नेकपा माओवादी केन्द्र लिखु गाउँपालिकाको उपाध्यक्षमा महेन्द्र डंगोल,कृष्ण बहादुर मानन्धर र प्रभुशरण खतिवडा निर्बिरोध निर्वाचित भएका छन् । सचिवमा सद्धाम राई, सहसचिवमा कुलबहादुर थापा,कोषाध्यक्षमा लक्ष्मिदेवी श्रेष्ठ सर्वसम्मत रुपमा चयन भएका छन् ।
त्यस्तै शनिबार नै गाउँपालिका सम्मेलनबाट म्यागङ गाउँपालीकाले नयाँ नेत्तृत्व चयन भएको छ । अध्यक्षमा बुद्धिबहादुर तामाङ निर्बिरोध चयन हुनु भएका छन् । संगठनको उपाध्यक्षमा चिजामाया तामाङ, राज कुमार थापा र सम्झना गुरुङ चयन भएका छन् । सचिवमा सोम बहादुर तामाङ , सहसचिवमा तापोन तामाङ र कोषाध्यक्षमा वीरबहादुर घले सहित ५५ सदस्यीय कमिटी गठन भएको हो ।
जिल्लाको सुर्यगढी गाउँपालिका कमिटीको अध्यक्षमा इमानसिङ तमाङ(विशाल) निर्बिरोध चयन भएका छन् । उपाध्यक्षहरु गुरु प्रसाद अधिकारी, कृष्णमान तमाङ, हरिशरण भट्टराई, सचिबमा पुरुषोत्तम अधिकारी, सहसचिबमा कुमार राई र कोषाध्यक्षमा बुद्धलक्ष्मी पाख्रिन लगायत ५५ सदस्यीय संगठन कमिटी विस्तार भएको छ ।
किस्पाङ गाउँकमिटीको अध्यक्षमा सुमन तामाङ चयन भएका छन् । उपाध्यक्षमा बिक्रम घले, भीमसेन तामाङ, शेषनाथ भट्ट,सचिवमा माधब न्यौपाने, सहसचिवमा लक्ष्मी घले र कोषाध्यक्षमा टिटी तामाङ लगायत ५५ सदस्यीय कमिटी गठन भएको हो। यसअघि पञ्चकन्या गाउँपालिकामा पनि मणिनाथ लामिछानेको अध्यक्षतामा ५५ सदस्यीय कमिटी विस्तार भैसकेको छ।