नुवाकोट-काठमाडौं सम्पर्क समन्वय कमिटी माओवादी केन्द्रको अध्यक्षमा सुदिप अधिकारी
काठमाडौं,मंसिर १८ । नेकपा माओवादी केन्द्र नुवाकोट काठमाडौं समन्वय कमिटीको अध्यक्षमा सुदिप अधिकारी चयन भएका छन् । शनिबार काठमाडौंस्थित बिजि बैन्केटमा सम्पन्न सातौं सम्मेलनले अधिकारीको नेतृत्वमा ५५ सदस्यीय कार्यसमिति चयन गरेको हो ।
कार्यसमितिको अन्य पदाधिकारीहरुमा उपाध्यक्षमा रुद्र ढुंगेल, शेरबहादुर तामाङ, सुविन तामाङ, सचिवमा विनोद न्यौपाने सहसचिवमा प्रकाश रैला र कोषाध्यक्षमा श्रीप्रसाद घिमिरे चयन भएका छन् ।
सम्मेलनको उद्घाटन माओवादी केन्द्रका स्थायी समिति सदस्य तथा नेपाल सरकारका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले पानसमा बत्ती बालेर गरेका थिए । कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा नुवाकोट जिल्ला इन्चार्ज विमला सुवेदी, विशेष प्रदेश कमिटी सदस्य कमला दोङ, किरण रिजाल,राजन गौतम लगायतले मन्तव्य राखेका थिए ।