एकीकृत समाजवादी अनेम संघ चितवनको अध्यक्षमा सिलवाल
चितवन,मंसिर १८ ।नेकपा एकीकृत समाजबादिको अखिल नेपाल महिला संघ चितवनको अध्यक्षमा पार्बती सिलवाल चयन भएकी छन।
शनिबार सम्पन्न जिल्ला भेलाले सिलवालको अध्यक्षतामा २०७ सदस्यीय अनेम संघको जिल्ला कमिटी गठन गरेको हो।
यस्तै संघको उपाध्यक्षमा कल्पना सापकोटा, चन्डिका ढकाल र चन्द्रीका बानियाँलाइ चयन गरिएको छ भने सचिबमा सरस्वती लामा, सहसचिवमा कोपिला उपरकोटि,पार्बती घिमिरे र सुष्मा श्रेष्ठ खड्की र कोषअध्यक्षमा पार्बती मल्ल चयन भएका छन ।
चितवनको भरतपुरमा आयोजित घोषणा कार्यक्रममा अनेम संघ समाजवादीकी केन्द्रिय अध्यक्ष जयन्ती राईको प्रमुख आतिथ्यता रहेको थियोे । कार्यक्रममा विशिष्ट अतिथिमा पार्टीका पोलिटब्युरो सदस्य तथा बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्ण खनाल रहेका थिए ।
कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य तथा बागमती प्रदेश सभा सदस्य मुनु सिग्देलले शुभकामना दिदै पार्टीका विषयमा अहिलेको भए गरेका समसमायिक बिषयमा प्रकाश पारेकी थिइन।
प्रमुख अतिथि राइले अब पार्टीलाई एक ढिक्का बनाएर लैजानु पर्ने र सबै तहतप्कामा छिटोभन्दा छिटो कमिटी गठन गर्नु पर्ने र पार्टीलाइ जनता सामु लैजानु पर्ने बताइन। १६ दिने महिला हिंसा अभियान चलिरहेको बेला अनेम संघ गठन हुनु गौरबको कुरा भएको समेत बताइन।
शुशिला लामिछानेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा जिल्ला सचिवालय सदस्य इन्दिरा भण्डारी कटटेलले कार्यक्रमको सहजीकरण गरेकी थिइन।