नुवाकोट लिखु गाउँपालिका माओवादी केन्द्रको अध्यक्षमा भिम ढकाल



नुवाकोट,मंसिर १८ । जिल्लाको लिखु गाउँपालिका माओवादी केन्द्रको अध्यक्षमा भिम ढकाल चयन भएका छन् ।

यस अघि गठन भएको ५५ सदस्यीय पालिका कमिटीले ढकाललाई अध्यक्षमा चयन गरेको पार्टीका युवा नेता प्रकाश डङोलले बताए ।

कमिटीको अन्य मुख्य पदाधिकारीहरुमा उपाध्यक्षमा महेन्द्र डङ्गोल, कृष्ण बहादुर मानन्धर,प्रभु शरण खतिवडा रहेका छन्।त्यस्तै सचिव सद्दाम राई, सह-सचिव कुलबहादुर थापा, कोषाध्यक्ष लक्ष्मीदेवि श्रेष्ठसहित ५५ सदस्यीय कमिटी चयन भएको हो ।

अध्यक्ष ढकाल अध्यक्ष निर्वाचित भएसंगै लिखु माओवादी थप सुदृढ हुने अपेक्षा लिखु माओवादी कमिटीले राखेको छ।

प्रतिक्रिया दिनुहोस्