माओवादी केन्द्र नुवाकोट-काठमाडौं सम्पर्क समन्वय समितिको सातौं सम्मेलन सुरु
काठमाडौं,मंसिर १८ । नेपाल कम्युनिस्ट पार्टी नुवाकोट-काठमाडौं सम्पर्क समन्वय समितिको सातौं सम्मेलन सुरु भएको छ।
काठमाडौंको नयाँ बसपार्कस्थित बिजि ब्याङ्केटमा सुरु भएको कार्यक्रममा माओवादी नेता तथा शिक्षा,बिज्ञान तथा प्रविधि मन्त्री देबेन्द्र पौडेलको प्रमुख उपस्थिति रहेको छ।
कार्यक्रममामा माओवादीका जिल्ला स्तरका नेता कार्यकर्ताको उल्लेख्य सहभागिता रहेको छ। माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको ब्यस्तताका कारण उनको उपस्थिति भने हुन नसकेको समितिले जनाएको छ।