दाङमा आउँदो चुनावमा पहिलो शक्ती बन्छौं : सासंद हिराचन्द्र
दाङ,मंसिर १७ । दाङ प्रतिनिधि सभा क्षेत्र नम्बर ३ का सासंद हिराचन्द्र केसीले एकीकृत समाजवादी पार्टी दाङमा पहिलो शक्ति वन्ने बताएका छन । पछिल्लो समय नेपालका अधिकाशं जिल्ला लगायत दाङ जिल्लामा पनि एकीकृत समाजवादी पार्टीमा प्रवेश गर्नेकाे लहर चलेकाले ५ वर्षमा दाङमा आफ्नो पार्टी पहिलाे शक्ति हुने दावी गरे । शुक्रबार दाङ तुल्सिपुरमा भएकाे पार्टीको जिल्ला भेलामा वाेल्दै केन्द्रीय सदस्य तथा दाङ जिल्ला सह-ईन्चार्ज रहेका केसीले नेपालका कम्युनिस्ट पार्टीहरुकाे नेतृत्व समेत नेपाल कम्युनिस्ट पार्टी एकिकृत समाजवादीले गर्ने वताए ।
एकीकृत समाजवादी पार्टीको जसरी एमालेवाट फुटेर वनेकाे पार्टी भन्ने हल्ला र केपी वलीले एमालेवाट चाेईटिएकाे सानाे टुक्रा भनेजस्तो नभएर विद्रोह गरेपछि निर्माण पार्टी भएकाे वताए । अहिले सुर्य चिन्ह पाएकाे केपी वली कम्पनीले आगामी निर्वाचनमा के एजेन्डा लिएर चुनावमा जान्छ हेर्न वाँकि रहेकाे उनकाे भनाई थियाे । हिजो वहुमत दिनुस हामी ५ वर्ष नमुना सरकार निर्माण गरेर सुखि नेपाली समृद्ध नेपाल वनाउछाै भनेर मत मागेर बहुमत दिएका नेपालीहरुलाई अवपनि भाेट दिनुस ३ वर्षमा संसद विघटन गर्छाैं भनेर भाेट माग्दै निर्वाचनमा जान्छन् त उनकाे प्रश्न थियाे ।
यात्रा समृद्धिकाे लक्ष्य समाजवादकाे मुल नारा लिएकाे पार्टीको जिल्ला भेला तुल्सीपुर उद्योग वाणिज्य सघंकाे सभाहलमा सम्पन्न भएकाे हाे । भेलालाई पार्टीका केन्द्रीय उपमहासचिव डाक्टर विजय पाैडेल,सचिव तथा लुम्बिनी प्रदेश ईन्चार्ज भागवत विश्वासि, पाेलिटब्युराे सदस्य मेटमणि चाैधरी केन्द्रीय सदस्य जाेगवहादुर राना,हिराचन्द्र केसी,अनारकलि मिया लगायतका करिब १ दर्जन नेताहरुले सम्वाेधन गरेका थिए ।