राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान



काठमाडौं,मंसिर १७ । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् अधिवेशन आह्वान गर्नुभएको छ ।

मन्त्रिपरिषद्को बिहीवार बसेको बैठकले सिफारिश गरेअनुसार राष्ट्रपतिले मंसिर २८ गतेका लागि अधिवेशन आह्वान गर्नुभएको हो ।

राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार मंसिर २८ गते मंगलवार दिउँसो २ बजेका लागि संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्