नुवाकोटको सुनखानीमा १०+२ कक्षा सञ्चालनको लागि धार्मिक मेला लगाउने तयारी
नुवाकोट,मंसिर १६ । जिल्लाको शिवपुरी गाउँपालिका वडा नम्बर ७ मा रहेको कुम्भेश्वर माध्यमिक विद्यालयले १०+२ कक्षा सञ्चालनार्थ धार्मिक मेला लगाउने तयारी गरेको छ। बुधबार विद्यालयमा उपस्थित अभिभावक, पूर्व विद्यार्थी, शिक्षकलगायतको भेलाले सो मेलाको विषयमा छलफल समेत सम्पन्न गरेको छ।
विद्यालयका ब्यवस्थापन समितिका अध्यक्ष टीकाराम तामाङका अनुसार तत्काल १०+२ कक्षा सञ्चालनका लागि प्रयाप्त श्रोत साधन नभएकाले आर्थिक जोहोका निम्ति धार्मिक मेला महत्त्वपूर्ण हुनसक्ने बताए। कार्यक्रममा राष्ट्र शान्तिका लागि शैक्षिक अभियानका अभियान्ता ईश्वर शरण महाराजाको समेत उपस्थिति रहेकोे थियोे। अभियानका महाराजाले सबैको साथ र सहयोग मिलेको खण्डमा जुनसुकै काम सफल हुने बताए ।
कार्यक्रममा शिवपुरी गाउँपालिका वडा नम्बर ७ का अध्यक्ष माधब भेटुवाल, विद्यालयका प्रधानाध्यापक माधब ठकुरी, छिमेकी विद्यालयका शिक्षक प्रतिनिधि, स्थानीय स्वास्थ्यकर्मी, राजनीतिकर्मी लगायतको उपस्थिति रहेको थियोे। धार्मिक मेला भने सरोकारवाला सबैसंग छलफल गरी स्थान र समय निर्धारण गरिने विद्यालय जनाएको छ ।