काेराेनाकाे नयाँ भेरियन्ट ‘ओमिक्राेन’ भारतमा पनि भेटियाे
नयाँदिल्ली ,मंसिर १६ । काेराेनाकाे नयाँ भेरियन्ट ‘ओमिक्राेन’ भारतमा पनि भेटिएको छ । कर्नाटकमा दुई जनामा कोरोनाको नयाँ सङ्क्रमण ओमिक्रोन देखिएको त्यहाँका केन्द्रीय स्वास्थ्य मन्त्रालयका संयुक्त सचिव लव अग्रवालले जानकारी दिएका छन् ।
केन्द्रीय स्वास्थ्य मन्त्रालयका संयुक्त सचिव अग्रवालका अनुसार नयाँ भेरियन्टकाे सङ्क्रमण पुष्टि हुनेमा ६६ वर्ष र ४६ वर्षका व्यक्ति रहेका छन् ।
गएको शुक्रवार दक्षिण अफ्रिकामा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि भएकोमा अहिले २० भन्दा बढी देशमा यो सङ्क्रमण पुष्टि भइसकेको छ ।
कोरोनाको नयाँ भेरियन्ट फैलिन नदिन भन्दै विभिन्न देशले अफ्रिकी देशहरूसँगको यात्रामा प्रतिबन्ध लगाएका छन् । तर विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओ ले भने यात्रा प्रतिबन्ध ओमिक्रोन भेरियन्ट नियन्त्रणको समाधान नभएको भन्दै जनस्वास्थ्यका मापदण्ड अपनाउन बताउँदै आएको छ ।