प्युठानमा (एकीकृत समाजवादी) को कार्यालय स्थापना



प्युठान,मंसिर १६ । नेकपा (एकीकृत समाजवादी) पार्टी प्युठानले पार्टी कार्यालय स्थापना गरेको छ । एमालेबाट विद्रोह गरेर वरिष्ठ नेता माधवकुमार नेपालको नेतृत्वमा गठन भएको एकीकृत समाजवादीको पार्टी कार्यालय स्थापना गरिएको हो ।

प्युठानको जुम्री बजारस्थित पार्टी कार्यालयको बिहिवार पार्टीका सचिव एवं लुम्बिनी प्रदेश इन्चार्ज भागवत बिश्वासीले उद्घाटन गर्नुभयो ।

कार्यक्रममा नेकपा एकीकृत समाजवादीका सचिव भागवत बिश्वासीले एमाले अब राजतन्त्र फर्काउन लागेको आरोप लगाउनुभएको छ। बुधबार राप्रपाको महाधिबेशनमा पुगेर एमालेका बरिष्ट्र उपाध्यक्ष इश्वर पोखरेलले राप्रपासंग पार्टिको धेरै नीति तथा बिचार मिल्ने भनेर दिएको अभिब्यक्तीले एमाले राजतन्त्र फर्काउन लागेको पुष्टि हुने बताउनुभयो। नेता बिश्वासीले आउदो चुनाबमा केपि ओलीले राप्रपासंग मिलेर राजतन्त्र र हिन्दु राष्ट्रको एजेन्डा अघि सार्ने ठोकुवा गर्नुभयो। उहाँले भन्नुभयो,’हेर्दै जानुस, आउदो चुनाबमा केपि ओलीका कार्यकर्ता राजा आउ देश बचाउको नारा लगाउनेछन।’

लुम्बिनी प्रदेश उपाध्यक्ष मुकुन्दराज रोकाले नेकपा एकिकृत समाजबादीले नै कम्युनिस्ट पार्टी आन्दोलनलाई सार्थक र रक्षा गर्ने दाबी गर्नुभयो । कार्यक्रमको अध्यक्षता गर्दै नेकपा एकीकृत समाजवादी पार्टीका जिल्ला अध्यक्ष भोज विक्रम बुढा मगरले पार्टीलाई अघि बढाउनका लागि पार्टी कार्यकर्ता वैचारिक रूपमा बलियो हुनु जरूरी रहेकोले पार्टी कार्यालय उद्घाटन पश्चात अगुवा कार्यकर्ताका लागि प्रशिक्षण राखिएको जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्