एकिकृत समाजवादी विद्रोहपछि निर्माण भएको पार्टी हाे: चाैधरी



कपिलवस्तु,मंसिर १६ । नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी विद्रोहपछि निर्माण भएको पार्टी भएकाे पार्टीका पाेलिटब्युराे सदस्य मेटमणि चाैधरीे दावी गरेका छन ।कपिलवस्तु पार्टीको दाेस्राे पूर्ण वैठकमा वाेल्दै नेता मेटमणि चाैधरीले वाहिर एकीकृत समाजवादी पार्टीको जसरी एमालेवाट फुटेर वनेकाे पार्टी भन्ने हल्ला र केपी वलीले एमालेवाट चाेईटिएकाे सानाे टुक्रा भनेजस्तो नभएर विद्रोह गरेपछि निर्माण पार्टी भएकाे वताए । पार्टीका लुम्बिनी प्रदेश कमिटी अध्यक्ष समेत रहेका नेता चाैधरीले कम्युनिस्ट आन्दोलन जाेगाउनका लागि विद्रोह गरेर पार्टी निर्माण भएको उनको भनाई रहेकाे छ ।

माधव नेपाल लगायत हामीहरुले विद्रोह नगरेको भए नेपालमा कम्युनिस्ट पार्टी नै नरहने अवस्था तयार भएकाे थियाे उनले भने`केपी वलीले दलाल र पुजीवादीहरुसगँ मिलेर कम्युनिस्ट आन्दोलन समाप्तिको खेलमा लागेका थिए ।’उनले विद्रोह गरेर निर्माण भएकाे नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीले नेपालमा भएका सवै कम्युनिस्ट पार्टिहरुका विचमा एकता गरेर ठुलाे पार्टी वन्ने आधार तयार भएकाे वताए । अहिले सुर्य चिन्ह पाएकाे केपी वली कम्पनीले आगामी निर्वाचनमा के एजेन्डा लिएर चुनावमा जान्छ हेर्न वाँकि रहेकाे उनकाे भनाई थियाे । हिजो वहुमत दिनुस हामी ५ वर्ष नमुना सरकार निर्माण गरेर सुखि नेपाली समृद्ध नेपाल वनाउछाै भनेर मत मागेर बहुमत दिएका नेपालीहरुलाई अवपनि भाेट दिनुस ३ वर्षमा संसद विघटन गर्छाैं भनेर केपी वली कम्पनी निर्वाचनमा जालान त उनी भन्छन्` त्यसकारण अब केपी कम्पनीले आगामी निर्वाचनमा प्रत्यक्षतर्फ १० सिट पनि जित्न सक्दैनन् ।´

कपिलवस्तु जिल्ला वैठकमा केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज क्षेत्र वहादुर खत्री , केन्द्रीय सदस्य मिना परियार केन्द्रीय निर्वाचन आयाेगका सदस्य अहमद अब्दुल रउफ,जिल्ला अध्यक्ष लकांबहादुर हमाल लगायत वाेलेकाे पार्टी जिल्ला प्रचार विभाग प्रमुख विकास वन्जाडेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्