राष्ट्रपति भण्डारीद्वारा ६ वटा अध्यादेश जारी



काठमाडौँ,मंसिर १५ । राष्ट्रपति विद्यादेवी भण्डारीले ६ वटा अध्यादेश जारी गरेकी छन्।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले बुधबार ६ वटा अध्यादेश जारी गरेकी हुन्।

राष्ट्रपति भण्डारीले ‘यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८’, ‘फौजदारी कसुर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८’, ‘नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश, २०७८’, ‘तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७८’, ‘सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७८’ र ‘रेल्वे अध्यादेश, २०७८’ जारी गरेकी हुन्।

प्रतिक्रिया दिनुहोस्