केपी ओली संसद र कम्युनिस्टकाे हत्यारा हुन : नेता चाैधरी



नवलपरासी,मंसिर १५ । नेपाल कम्युनिस्ट पाटी एकीकृत समाजवादीका पाेलिटब्युराे सदस्य मेटमणि चाैधरीेले केपी वली ससंद र कम्युनिस्टकाे हत्यारा भएकाे वताएका छन । पार्टीको नवलपरासी जिल्ला भेला तथा पार्टी कार्यालय उद्घाटन कार्यक्रमलाई सम्वाेधन गर्दै उनले दुईदुई पटक ससंदकाे विघटन गर्दै कम्युनिस्ट आन्दोलन समाप्त पार्ने काम गरेकाले केपी वली ससंदसङै कम्युनिस्ट पार्टीको हत्यारा भएकाे दावी गरे । उनले २००६ सालमा ४ जनाले दर्ता गरेकाे कम्युनिस्ट पार्टी २०७४ सालमा दुईतिहाई नजिक पुगेपछि दलाल पुजीवादीहरुसगँ मिलेर वलीले कम्युनिस्ट आन्दोलन समाप्त पार्न खाेजेकाे आराेप लगाए ।

उनका अनुसार आगामी निर्वाचनमा केपी वली कम्पनीले मत माग्ने अधिकार समेत गुमाएको वताए । जनताले दिएकाे दुईतिहाई नजिकको जनमतलाई कुल्चेर २ पटक संसदकाे विघटन गर्ने वली कम्पनीले आगामि निर्वाचनमा पनि भाेट दिनुस हामी ससंद विघटन गरेर देखाउछाै भनेर भाेट माग्न आउलान त उनले प्रश्न गरे ।

उनले वली कम्पनीले चुनाव चिन्हले पहिलाे पाटी वन्ने सपना सपनामै सिमित हुने बताए । चिन्हले पहिलो पाटी वन्ने भए नेपाली काङ्ग्रेस सधै पहिलाे पाटी हुनुपर्ने हाे उनले भने` किन कहिले काङ्ग्रेस, कहिले कम्युनिस्ट पाटीहरु पहिलाे भए,के निर्वाचनमा चिन्हकाे कारण हाेत ।´एकीकृत समाजवादीका लुम्बिनी प्रदेश अध्यक्ष समेत रहेका चाैधरीले केपी शर्मा ओलीमा राजनीतिक विचलन आएको र व्यक्तिवादी प्रवृत्ति हावी भएकाले आफूहरुले विद्रोह गरी कम्युनिष्ट आन्दोलनलाई बचाउन नयाँ पार्टी बनाएको जिकिर गरे ।

प्रतिक्रिया दिनुहोस्