प्यूठानमा एकीकृत समाजवादीको पार्टी कार्यालय उद्घाटनको तयारी
प्युठान,मंसिर १५ । प्यूठानमा नेकपा (एकीकृत समाजवादी) प्यूठानको जिल्ला कार्यालय स्थापना हुने भएको छ। पार्टी सचिब तथा लुम्बिनी प्रदेश इन्चार्ज भागबत विस्वासी नेपालीले बिहिबार कार्यालयको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।
पार्टीको जिल्ला कार्यालय प्यूठानको जुम्रिमा रहने नेकपा (एकीकृत समाजवादी) का जिल्ला अध्यक्ष भोजबिक्रम बुढामगरले बताए । त्यस्तै पार्टि कार्यालयको उद्धाटन तथा होटल आयुस्मामा आयोजित कार्यकर्तालाई सचिब नेपाली सहित लुम्बिनी प्रदेश अध्यक्ष तथा पोलिटब्यूरो सदस्य मेटमणी चौधरी लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको अध्यक्ष बुढामगरले जानकारी दिए । कार्यक्रममा जिल्लाभरका अगुवा नेता तथा कार्यकर्ताको उपस्थिती रहने नेकपा एस प्युठानले जनाएको हो।
नेकपा एमाले विभाजनपछि गठित एकीकृत समाजवादीले निर्वाचन आयोगबाट गत भदौ ९ गते राजनीति दलको मान्यता पाएका थियो । एकीकृत समाजवादीले यसअघि जुम्रिस्थित एक घरबाट कार्यालय चलाइरहेको थियो ।