अर्घाखाँचीमा अपराध न्युनिकरणका लागि सिसिटिभी जडान
अर्घाखाँची,मंसिर १५ । जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्वर १२ डिर्भनाले व्यारा बजारमा सिसिटिभी क्यामेरा जडान गरिने भएको छ।
अपराध नियन्त्रण गर्ने उदेश्यले सिसिटिभी क्यामेरा जडान गर्न लागिएको हो। सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायण अर्यालले बुधबार जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख, प्रहरी नायब उपरिक्षक अम्मर बहादुर थापा क्षेत्रीलाई उक्त सिसिटिभी क्यामेरा हस्तान्तरण गर्नुभयो।
नगरपालिकाका बजार क्षेत्रमा सिसिटिभी क्यामेरा जडानलाई तिब्रता दिईने नगरपालिका प्रमुख प्रशासकीय अधिकृत अर्यालले बताउनुभयो ।
कार्यक्रममा प्रहरी नायब उपरिक्षक थापा क्षेत्रीले अपराध नियन्त्रण गर्नको लागि सिसिटिभी क्यामेराले ठुलो सहयोग गर्ने बताउदै अरु स्थानीय तहले पनि सिसिटिभी क्यामेरा जडानलाई थालनी गर्नेपर्ने बताउनुभयो । अपराधलाई न्युनिकरण गर्नको लागि क्यामेरा प्रभावकारी हुने उहाको भनाई छ। कार्यक्रममा सन्धिखर्क- १२ का अध्यक्ष नारायण खड्का, नेकपा एकिकृत समाजबादीका जिल्ला अध्यक्ष राम बहादुर चौहान लगायतको उपस्थिति रहेको थियो।