विवाहकै दिन विवाहदर्ता
प्युठान,मंसिर १५ । प्युठानमा एक बिबाहित जोडीले विवाहकै दिनमा बिबाहदर्ता गराउनुभएको छ । ऐरावती गाउँपालिका वडा नं ५ खबाङ्गका सञ्जीव घर्तीमगर र करिस्मा रोकामगरले बिबाहकै दिनमा बिबाहदर्ता गराउनुभएको हो ।
व्यक्तिगत घट्नादर्ता ३५ दिन भित्रमा गर्नुपर्ने भएकाले बिबाहकै दिनमा बिबाह दर्ता गराएको बिबाहित जोडीको भनाई छ । उहाँहरुले अन्यलाई समेत व्यक्तिगत घट्नादर्ता समयमा गर्नका लागि आग्रह गरेका छन् । उनीहरुको ऐरावती गाउँपालिका वडा नं ५ का पन्जिकाअधिकारी (वडा सचिव) प्रवेश चन्द र प्राविधिक लिलामणी सुनारले बिबाहदर्ता गराईदिनुभएको हो ।
वडा सचिव चन्दले यस वडामा बिबाहकै दिनमा बिबाहदर्ता गराउने यो पहिलो जोडी भएको बताउनुभयो । व्यक्तिगत घट्ना दर्ता ३५ दिन भित्र गराएमा निशुल्क हुने र ३५ दिन पछि दर्ता गराएमा दुई सय रुपियाँ लाग्ने बताउनुभयो । साथै उहाँले व्यक्तिगत घट्ना दर्ता ३५ दिन भित्र गर्न समेत आग्रह गर्नुभएको छ ।