जापानको बेरोजगारी दर २.७ % मा झर्यो



टोेकियो,मंसिर १५ । गत महीना जापानको बेरोजगारी दर २ दशमलव ७ प्रतिशत रहेको छ ।

यो अघिल्लो महीनाको तुलनामा शून्य दशमलव १ प्रतिशत कम भएको आन्तरिक मामिला मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकले देखाएको छ । अघिल्लो महीना बेरोजगारी दर २ दशमलव ८ प्रतिशत रहेको थियो । 

बेरोजगारी दर अघिल्लो महीनाकै २ दशमलव ८ प्रतिशतमा यथावत् रहने विश्लेषकहरुको अनुमान रहेको थियो । स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले सार्जजनिक गरेको छुट्टै तथ्यांकअनुसार रोजगारीको उपलब्धता दर १ दशमलव १५ रहेको छ ।

यसको अर्थ समीक्षा अवधिमा जागिर खोज्ने हरेक १०० जनाका लागि ११५ ओटा जागिर खुलेका थिए ।

अघिल्लो महीना भने रोजगारीको उपलब्धता दर १ दशमलव १६ रहेको थियो । यो अर्थशास्त्रीहरुले अनुमान गरेको भन्दा थोरै हो । रोयटर्सको जनमत सर्वेक्षणमा संलग्न अर्थशास्त्रीहरुले समीक्षा अवधिमा यो दर १ दशमलव १७ मा रहने बताएका थिए । ल

प्रतिक्रिया दिनुहोस्