झोरमा वडा बालसञ्जाल गठन



काठमाडौं, मंसिर १४ । टोखा नगरपालिका वडा नम्बर १ झोरमा वडा बालसञ्जाल गठन गरिएको छ।

बौडेश्वर माध्यमिक विद्यालयकी छात्रा श्रेया अधिकारी काे अध्यक्षतामा वडा बालसञ्जाल गठन गरिएको हो । टोखा नगरपालिका, महिला तथा बालबालिका शाखाकी बालकल्याण अधिकारी निर्मला रेग्मीको प्रमुख उपस्थितीमा सो संजाल गठन गरिएको हो। वडा कार्यालयकी कर्मचारी बिमला मुडभरीको सहजीकरणमा गठन गरिएको भेलाले १५ सदस्यीय वडा बाल सञ्जाल गठन भएको वडा नम्बर १ का अध्यक्ष श्रीकृष्ण अधिकारीले बताए ।

समितिका उपाध्यक्षमा शुशान्त तामाङ्ग, सचिवमा रिवाज सापकोटा, सह-सचिवमा प्रतिमा रिमाल काेषाध्यक्षमा रेजिसा घिमिरे र सदस्यहरुमा सविना रिमाल, सुनिता सापकाेटा, विनिता तामाङ्ग, विक्रम विक ,सौगात सापकाेटा, सुप्रिया अधिकारी, उदित दुलाल, साेइनम तामाङ, नेहा खवास र निशान ढकाल चयन भएका छन् ।

वडा नम्बर १ को कार्यलयमा भएको कार्यक्रममा टोखा नगरपालिका वडा नं. १ मा २ सामुदायिक र २ संस्थागत गरि ४ वटा बिद्यालयस्तरीय बालक्लबहरुका प्रतिनिधीहरुबाट छनोट गरि वडा बाल सञ्जाल पुन:गठन गरिएको हाे ।

प्रतिक्रिया दिनुहोस्