रोल्पाकी ईश्वरी बनिन् एमालेको कान्छी केन्द्रीय सदस्य
चितवन,मंसिर १४ । नेकपा एमालेमा ३२ वर्षीया ईश्वरी जीएम केन्द्रीय सदस्य बनेकी छन्। केन्द्रीय निर्वाचन आयाेगकाअनुसार उनी सबैभन्दा कान्छी केन्द्रीय सदस्य हुन्।
चितवनको सौराहमा मंगलबार सकिएको दशौं महाधिवेशनबाट जीएम जनजातिको महिलाबाट केन्द्रीय सदस्य निर्वाचित भएकी थिइन्।
रोल्पाको नुवागाउँकी जीएम विद्यार्थी राजनीतिबाट एमालेमा संगठित भएकाे नेकपा एमाले जिल्ला कमिटी राेल्पाले जनाएको छ।
प्रेस चौतारी जिल्ला अध्यक्ष र पत्रकार महासंघ रोल्पा शाखाको सचिव समेत भइसकेकी उनी एमालेको रोल्पा जिल्ला कमिटी र प्रदेश संगठन सचिवालय सदस्यमा बसेर काम गरेकी थिइन् ।