पुनर्बीमा विवादमा समितिको बचाउ



काठमाडौं,मंसिर १४ । बीमा समितिले पुनर्बीमामार्फत बाहिरिने रकम बढ्दै गएकाले स्वदेशी कम्पनीमा नै यस्तो बीमा गर्न निर्देशन जारी गरेको बताएको छ ।

समितिले सोमवार विज्ञप्ति जारी गर्दै यस्तो बताएको हो । समितिले गत हप्ता एक निर्देशन जारी गर्दै जीवन तथा निर्जीवन बीमा कम्पनीलाई स्वदेशी कम्पनीमा नै पुनर्बीमा गर्न निर्देशन दिएको थियो । त्यसपछि बीमा कम्पनीहरूले यसको विरोध जनाउँदै आएका छन्, त्यसको जवाफमा समितिले सोमवार जवाफमा विज्ञप्ति जारी गरेको हो । हाल नेपालमा दुई ओटा पुनर्बीमा कम्पनी सञ्चालनमा आएको हुनाले स्वदेशमा नै पुनर्बीमा गर्न सम्भव रहेको समितिको भनाइ छ । यद्यपि, उनीहरूले धान्न नसक्ने व्यवसाय जबरजस्ती दिनुपर्ने बाध्यता नरहेको समितिले बताएको छ ।

बीमा ऐनको अधिकार प्रयोग गरेर यस्तो निर्देशन जारी गरेको समितिले बताएको छ । छिमेकी मुलुक भारत, बंगलादेश लगायतका मुलुकमा पनि समयअनुकुल यस्तो निर्णय गर्ने गरेको उसको भनाइ छ । बताइएको छ । पुनर्बीमाको नाममा वर्षेनि अर्बाै रकम बाहिरिने गरेको छ । अघिल्लो आव २०७६/७७ मा मात्र नेपालबाट रु. ११ अर्ब ४५ करोड ८४ लाख बाहिरिएको थियो  त्यसैले स्वदेशमै पुनर्बीमा गर्न निर्देशन जारी गरेको बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए ।

समितिले बीमा कम्पनी तथा सरोकारवालाहरूले बाहिर बाहिर अनाश्यक तथा मनगढन्ते टिकाटिप्पणी गरेकोप्रति खेद प्रकट गरेको छ । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्