दलाल पूँजीवादसंग जुधेर सामाजिक रुपान्तरण र विकासमा लागाै : चाैधरी
गुल्मी,मंसिर १३ । नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका पाेलिटब्युराे सदस्य मेटमणि चाैधरीले दलाल पूँजीवादसँग जुधेर सामाजिक रुपान्तरण देश विकासकाे पक्षमा लाग्नुपर्ने वताएका छन । साेमवार गुल्मीकाे सदरमुकाम तम्घासमा जिल्ला कमिटी गुल्मीले आयाेजना गरेको वैचारिक,राजनीतिक तथा संगठनात्मक प्रशिक्षण कार्यक्रममा वाेल्दै नेता चाैधरीले समाजबादी क्रान्तिलाई अगाडी बढाएर समाज रुपान्तरणमा अघि बढ्नु पर्ने वताए । उनले पुँजीवादलाई निर्मम पारेर समाजबादको रुपान्तरणमा लाग्नुपर्ने भन्दै दलाल पूँजीवादको शोषणमा पर्ने दिन समाप्त भएको समेत वताए । अब वैज्ञानिक समाजवादको पक्षमा सबैले क्रान्ति गर्नुपर्ने वेला आएकाे छ उनले भने`अब दलाल पुँजीबादलाई हटाएर समाजबाद रुपान्तरणको पक्षमा लाग्नु पर्छ ।´
दलाल पुँजीबादसँग जुधेर सामाजिक रुपान्तरण र देश बिकासको पक्षमा लाग्नुपर्नेमा उनको रहेको छ । नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी लुम्बिनी प्रदेश कमिटीका अध्यक्ष समेत रहेका उनले केपी वली पार्टी समाप्त हुदै गएकाे दावी गरे । अहिले एकीकृत समाजवादी पार्टीमा प्रवेश गर्नेहरूको लहर चलेकाे बताए ।
वली पार्टीको चितवनमा जारी नाम पढेर केन्द्रीय कमिटी घाेषणा गर्ने कार्यक्रममा सहभागी प्रतिनिधिहरुसगँ मेराे कुरा भएको छ उनले भने`केपी वाले टिक्न नदिने भए, ब्यक्ति हावी भयाे हामी तपाईंको पार्टीमा आउछन भनेर धेरै फाेन आएकाे छ ।´ उनका अनुसार मुलुककाे अवकाे नेतृत्व एकीकृत समाजवादी पार्टीले गर्ने वताए । बाहिर केपी वलीसगं एक्लै लडन नसकेर गठवन्धन गरिएको भन्दै जुन हल्ला फैलाईएकाे छ त्याे भ्रम मात्रै भएकाे उनले वताए ।