मोटरसाइकल दुर्घटनाका घाइते प्युठानका पत्रकारलाई भैरहवा लगियो
काठमाडौं,मंसिर १३ । मोटरसाइकल दुर्घटनामा परि घाइते भएका प्यूठानका पत्रकार राजेश जिसीलाइ जिल्ला बाहिर रिफर गरिएको छ।
जिल्ला अस्पताल प्यूठानमा सामान्य उपचारपछि उनलाई थप उपचारको लागी भैरहवामा रिफर गरिएको हो । सोमबार दिउसो खंलंगााबाट विजुवारतर्फ आउदै गर्दा प्यूठान भञ्याङमा मोटरसाइकल दुर्घटना भएको हो ।
लु ४३ प ९०१० नम्बरको जिसी सवार बाइकलाई बिपरित दिसाबाट जादै गरेको बाइकले ठक्कर दिएको थियो । घाइते जिसीको खुट्टामा गम्भिर चोट लागेको जिल्ला अस्पताल प्यूठानले जनाएको छ ।