गुल्मीमा स्थानीय तहमै पुगेर मतदाता नामावली संकलन गरिने



गुल्मी,मंसिर १३ । गुल्मी जिल्लामा स्थानीय तहमै पुगेर मतदाता नामावली संकल कार्य गरिने भएको छ । त्यसका लागि जिल्ला निर्वाचन कार्यालय गुल्मीले जिल्ला स्थित सरोकारवालासँग अन्तरक्रिया गरेको छ। सोमबार जिल्ला सदरमुकाम तम्घासमा गरिएको अन्तरक्रियामा जिल्लाका स्थानीय तहमै पुगेर मतदाता नामावली संकल कार्य गर्न लागिएको बारे जानकारी गराइएको थियो । जिल्लामा २ चरणमा स्थानीय तहमै पुगेर मतदाता नामावली संकल कार्य गरिने भएको जिल्ला निर्वाचन अधिकारी माया कुँवरले बताइन् ।

पहिलो चरण जिल्लाका गुल्मीदरवार, सत्यवती, कालिगण्डकी, धुर्कोट, मालिका, मुसिकोट नगरपालिमा मंसिर १७ गतेबाट मंसिर २६ गतेसम्म मतदाता नामावली संकल कार्य गरिने भएको छ । दोस्रो चरणमा छत्रकोट, रुरुक्षेत्र, चन्द्रकोट, इस्मा, मदाने गाउँपालिकामा मंसिर २८ गतेबाट पुस ८ गतेसम्म मतदाता नामावली संकल कार्य गरिने जिल्ला निर्वाचन अधिकारी कुँवरले बताइन्।

रेसुङ्गा नगरपालिकाको भने जिल्ला निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालयमा पनि मतदाता नामावली संकल कार्य गरिने भएको छ । स्थनीय तहमा गरिने मतदाता नामावली संकल कार्यमा सबैपक्षले सहयोग गर्न प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेलले आग्रह गरे । उनले नागरिता प्राप्त गरेका मतदाता नामावलीमा छुट भएका सबैलाई आफनो स्थानीय तहमा पुगेर दता गराउन आग्रह गरे । स्थानीय तहमा गरिने मतदाता नामावली संकल कार्यमा १६ वर्ष पुगेका नागरिता प्राप्त भोटको अधिकार नभएकाहरुको पनि संकलन गरिने भएको छ । जिल्लामा २०७७ पुस ५ गतेसम्म २ लाख ११ हजार ७३२ जना मतदाताहरु रहेका छन्।

प्रतिक्रिया दिनुहोस्