नेपाली काङ्ग्रेस गुल्मीको सभापतिमा पन्थी निर्वाचित
गुल्मी,मंसिर १३ । नेपाली कांग्रेस गुल्मीको सभापतिमा खिलध्वज पन्थी निर्वाचित भएका छन् । काँग्रेस गुल्मीको ८ औँ जिल्ला अधिबेशनमा पन्थीले १ हजार २७१ मत ल्याएर जिल्ला सभापतिमा निर्वाचित भएका हुन् । उनलका प्रतिस्पर्धी बेदबहादुर थापा मगरले ३८४ मत ल्याएर पराजित भएका छन् । सभापतिमा भारि मतान्तरका साथ पन्थी निर्वाचित भएका हुन् । पन्थी निर्वतमान जिल्ला कार्य समिति सचिव थिए भने थापा महाधिबेशन प्रतिनिधी हुन् । शनिवार र आइतवार सभापति सहित जिल्ला कार्य समितिका लागि मतदान भएको थियो । सभापतिमा निर्वाचित पन्थी पक्षका हुन् भने पराजित हुने थापा देउवा पक्ष हुन ।
जिल्ला कार्य समितिका अरु पदमा पनि निर्वाचन भएको थियो । त्यस्तै २ जना जिल्ला उपसभापतिका लागि ३ जना बिच प्रतिस्पर्धा भएको थियो । जसमा अनन्तराम पौडेलले १ हजार १८७ र शिबबहादुर खत्रीले १ हजार ३३ मत ल्याएर निर्वाचित भएका छन् । त्यस्तै २ जना जिल्ला सचिव पदका लागि ५ जना बिच प्रतिस्पर्धा भएको थियो । जसअनुसार जगदिस भट्टराईले ९ सय ९१ र भगतसिंह खड्काले १ हजार २२ मत ल्याएर निर्वाचित भएका छन् । त्यस्तै २ जना जिल्ला सह–सचिव पदका लागि ४ जना बिच प्रतिस्पर्धा भएको थियो ।
जस अनुसार जसअनुसार छविलाल पाण्डेले १ हजार १३३ मत र धर्मराज पाण्डेले ८ सय ५० मत ल्याएर निर्वाचित भएका छन् । महाधिबेशनका लागि १ हजार ७ सय ६१ जना प्रतिनिधी रहेका थिए । त्यसमध्ये १ हजार ६९३ मत खसेको थियो । मतदानकै क्रममा शनिवार जिल्ला सदरमुकाम तम्घासमा मुसिकोट नगरपालिकामा केहिबेर मतदान चलिरहेका बेला मतपत्रका संकेत गरिएको भन्दै केहि बेर मतदान नै स्थगित गरिएको थियो । सहमति पश्चात रोकिएको मतदान आइतवार मतदान पुनः गरिएको थियो । आइतवार रातिबाटै मतगणना गरिएको थियो ।