सुनको मूल्य बढ्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार
काठमाडौँ, मङ्सिर १२ । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। नेपाली बजारमा साताको पहिलो दिन आइतबार छापावाल सुनको मूल्य प्रतितोला रु ९२ हजार १०० तोकिएको छ ।
अघिल्लो दिन प्रतितोला रु ९१ हजार ९०० मा कारोबार भएको पहेँलो धातुको मूल्य आज प्रतितोला रु २०० ले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९१ हजार ६०० कायम भएको छ । शुक्रबार प्रतितोला रु ९१ हजार ४०० मा यसको कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १५ ले घटेर रु एक हजार २१० तोकिएको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७९२ डलर आसपास कारोबार भइरहेको छ ।