माओवादी केन्द्र विदुर नगर कमिटीको अध्यक्षमा प्रभा बोगटी



नुवाकोट,मंसिर ११ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) विदुर नगर कमिटीकाे अध्यक्षमा प्रभा बाेगटी चयन भएकी छिन।

शनिबार भएको माओवादी केन्द्रका आस्थावान कार्यकर्ताहरुको नगरस्तरीय भेलाले बोगटीलाई अध्यक्षमा चयन गरेको हो।

कमिटीको उपाध्यक्ष बद्री प्याकुरेल, अर्का उपाध्यक्षमा कृष्ण आनन्द विक, अर्का उपाध्यक्षमा सम्पूर्ण अधिकारी,सचिवमा भाेजराज पनेरु, सहसचिवमा संजिव थपलिया,काेषाध्यक्षमा नारायणप्रसाद रिमालसहित ५५ सदस्यीय नगर कमिटी चयन गरिएको छ।

कार्यक्रममा माओवादी नेता हिरानाथ खतिवडा, नगरका निर्वाचित पदाधिकारीहरु, पार्टीका आस्थावान कार्यकर्ताको उपस्थिति रहेको थियोे ।

प्रतिक्रिया दिनुहोस्