नेपाली काँग्रेस नुवाकोटको सभापतिमा रमेश महत विजयी
नुवाकोट, मंसिर ११ । नेपाली काँग्रेस नुवाकोटको कार्यसमितिको अध्यक्षमा रमेश महत विजयी भएका छन् ।
शनिबार विदुरमा जारी मतगणनामा महत विजयी भएका हुन।
पछिल्लो मतपरिणाम अनुसार नेता महत १० मतको अन्तरमा विजयी भएका हुन । कुल १७४७ मत खसेको थियोे । सो मत अनुसार रमेशकुमार महतले ८३३ मत, महतका प्रतिस्पर्धी डाक्टर केदार नरसिंह केसीले ८२३ मत प्राप्त गरेका छन्।
जिल्ला उपसभापतिमा सन्तमान तामाङले ८४६ मत पाएका छन्, जिल्ला सचिवमा बैकुण्ठ मिश्रले ९०० मत प्राप्त गरेका छन्।
युवा नेतामा परिचित महतलाई नेपाली कांग्रेसका नेताद्वय डा.रामशरण महत, डा. प्रकाशशरण महत र संघिय सांसद बहादुरसिंह लामाको साथ रहेको थियोे ।
नेता महतले विजयीसंगै सबैलाई धन्यवाद तथा आभार व्यक्त गरेका छन् ।