हामीले एकल बहुमत ल्याउँछौं: अध्यक्ष ओली



चितवन,मंसिर १०। नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशको सार्वभौमसत्ताको रक्षा र विकासका लागि एमालेको एकल बहुमत चाहिएको बताउनुभएको छ। उहाँले महाधिवेशनपछि आफ्नो पार्टी चुनावको तयारीमा लाग्ने उद्घोष गर्नुभयो ।

पार्टीको १० औं महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै ओलीले यसअघि जनादेशका लागि जान खोज्दा रोकिएको स्मरण गर्नुभयो। अरु राजनीतिक शक्तिहरुले जनतामा जान डराएर चुनाव रोकेको उहाँको टिप्पणी थियो ।

ओलीले भन्नुभयो, ‘निकट भविष्यमा चुनावहरू आउँदैछन् । म भन्न चाहन्छु, हामी अब चुनावको तयारीतर्फ पनि जानेछौं । जनमतको तयारी गर्नेछौं । अब हामीले यस देशका लागि एकल बहुमत ल्याउनुपर्ने छ ।’

देशको सार्वभौमसत्ता र लोकतनत्रको रक्षाको लागि एमालेको बहुमत चाहिएको ओलीको भनाइ थियो ।

‘संविधानको गलत व्याख्यालाई जनादेशबाट सच्याएर अघि बढ्नका लागि एमालेले बहुमत ल्याउनुपर्छ,’ ओलीले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्