कांग्रेस प्युठानको अधिबेशन जारी, सभापती बाहेक सबै सर्वसम्मत



प्युठान,मंसिर ७ । नेपाली कांग्रेस प्युठानको चौधौं जिल्ला अधिबेशनमा सभापती बाहेकका पदमा सर्वसम्मत भएको छ । कांग्रेस श्रोतका अनुसार कार्य समितिमा ४० जना सर्वसम्मत भएका हुन् भने महाधिबेशन प्रतिनिधीमा २६ जना चयन भएका हुन।

पार्टीका जिल्ला उपसभापतीमा देवेन्द्र वर्मा, इश्वर सिंह विष्ट र सचिबमा टोपाराम कालाथोकी र नरेन्द्र पुन मगर सर्वसहमत चयन भएका हुन।त्यस्तै, सहसचिबमा भने नारायण ज्ञवाली र प्रमोद पोखेल निर्विरोध चयन भएको श्रोतको दाबी छ।सदस्यहरु कृष्णबहादुर जि.सी., प्रतिभा पौडेल, मित्रबहादुर मल्ल, लुसा आचार्य, तिलककुमार वि.क., दामोदर कालाथोकी, रिता नेपाली, कमला शाही, विजय कुमार श्रेष्ठ, रामप्रसाद न्यौपाने, सुमित्रा गौतम, कमलराज रिजाल, किशोर महतरा, नारायणी थापा लम्साल, कमला कामी, रामचन्द्र पौडेल, भिम मरासिनी, टिका मरासिनी, बसन्तकुमार के.सी., पवित्रा जि.सी., दिपक के.सी., नेत्रमणि पोख्रेल, सुशील कुमार डागी, गोमा भट्ट, खगेश्वर थापा, चन्द्र रोकामगर, सावित्रा बुढामगर, फनि बुढा, राधा सुनार, कर्ण वि.क., देउमान थापा, नामबहादुर नेपाली, बब्बर अलि मिया निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

महाधिवेशन प्रतिनिधि निमा गिरी, भगवता विष्ट, निसा योगी, मेनका घिमिरे, गोविन्दराज पोख्रेल, मुक्तिप्रसाद शर्मा, दिवाकर गौतम, सुवास के.सी., अमरप्रसाद भण्डारी, धर्म बहादुर जि.सी., बद्री लम्साल, मानबहादुर वली, खिमानसिंह रायमाझि, हुकुमबहादुर विष्ट, सावित्रा अधिकारी, साधना राउत, सालिकराम पण्डित, रोज राणा (सरोज थापा), धनलक्ष्मी श्रेष्ठ, लक्ष्मी श्रेष्ठ, देविराम पुन, सनत श्रेष्ठ, विन्दु परियार, गोपाल वि.क., मोहमद हमित शाह, पुर्णप्रसाद कालाथोकी निर्वाचित भएका छन् ।

सभापतीमा मतदान हुँदै

नेपाली काँग्रेस प्युठानको सभापती छान्नको लागि मतदान सुरु भएको छ । मंगलबार मद्यान्ह ११ :३१ बजेदेखी स्वर्गद्वारी क्याम्पस पुर्ण्यखोलामा मतदान सुरु भएको नेपाली काँग्रेस निर्वाचन समितिले जनाएको छ। सहमतीको आधारमा नेतृत्व चयन गर्न नसकेपछि मतदान भएको हो। सभापती पदका लागि दुई जना पालिका अध्यक्षले दावेदारी प्रस्तुत गरेका छन् ।निर्वांचनमा देउवा पक्षबाट शिव रिजाल सभापतीका उम्मेद्धार रहेका छन। भने पौडेल सिटौला पक्षबाट बिष्णु कुमार गिरी उम्मेद्धार रहेका छन।

रिजाल पार्टीको पूर्व सचिव हुनुहुन्छ भने गिरी वर्तमान समितिको सचिव हुनुहुन्छ । दुबै जना उम्मेद्वार कार्यकर्ताका बिच छाएका नेता भएकाले पनि कडा प्रतिस्पर्धा हुने विश्लेषण गरिएको छ। प्रदेश तर्फ दुई ओटा निर्वाचन क्षेत्र रहेको जिल्लामा १ हजार १ सय ९ जना मतदाता छन।

प्रतिक्रिया दिनुहोस्