प्युठानको जुम्रीकाडामा निःशुल्क सेनेटरी प्याड वितरण
प्युठान,मंसिर ६ । प्यूठान नगरपालिका ५ जुम्रिकाडाका किशोरी तथा महिलाहरुलाई महिनाबारी भएको बेला प्रयोग गर्ने सेनेटरी प्याड वितरण गरिएको छ। दाह्रि ग्याङ प्यूठान , टिम नेपो र सेभ स्क्वाड प्यूठानको संयुक्त सहकार्यमा बिभिन्न ब्यक्तिको सहयोग तथा समुहमा आबद्ध ब्यक्तिहरुको सहयोगमा सेनेटरी प्याड वितरण गरिएको हो ।
जुम्रिकाडा स्थित स्वास्थ्य चौकीमा एक कार्यक्रमको आयोजना गरि महिलाहरुलाई आइतबार निःशुल्क सेनेटरी प्याड बितरण गरिएको दाह्रि ग्याङ प्यूठानका संयोजक जीवन खनालले बताए । स्वास्थ्य चौकिमा उपस्थित महिलाहरुलाई करिब ३०० पिस सेनेटरी प्याड वितरण गरिएको दाह्रि ग्याङ प्यूठानका संयोजक खनालले जानकारी दिए । प्याड वितरणसंगै महिलाहरुलाई सेनेटरी प्याडको प्रयोग तथा प्रयोगबाट हुने फाइदाको बारेमा स्वास्थ्यकर्मी आशिस थपाले सहजिकरण गरेका थिए।
यस अघि पहिलो चरण अन्तर्गत प्यूठान नगरपालिका ६ माझकोटमा पनि करिब २०० पिस सेनेटरी प्याड वितरण गरिएको खनालले जानकारी दिए । साथै यसै गरि आगामी दिनहरुमा पनि सेनेटरी प्याड वितरणको कार्यलाई निरन्तरता दिने उनको भनाई छ । प्यूठानका युवाहरुले प्यूठानका बिभिन्न ठाउँका किशोरी तथा महिलाहरुलाई सेनेटरी प्याड वितरण गर्दै आएका छन।