माओवादी केन्द्र विदुरको वडा नम्बर ११ को अध्यक्षमा खड्का सचिवमा नेपाल
विदुर, मंसिर ५ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) विदुर नगरपालिका वडा नम्बर ११ को वडा भेला सम्पन्न भएको छ।
भेलाले पदमबहादुर खड्का (गणेश) २९ सदस्यीय वडा कमिटी गठन गरिएको छ। कमिटीको उपाध्यक्षमा हिमप्रसाद न्यौपाने, सचिवमा रमेश नेपाल, सहसचिवमा ठाकुरप्रसाद तिमिल्सिना, कोषाध्यक्षमा तेन डोमा शेर्पासहित २९ सदस्यीय कमिटी गठन भएको हो।
शनिबार सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नेकपा माओवादी केन्द्र वाग्मती प्रदेश सभा सदस्य सुभद्रा नेपाल, वाग्मती प्रदेश सभा सदस्य बद्री प्याकुरेल लगायतको उपस्थिति रहेको थियोे।