माओवादी केन्द्र दुप्चेश्वर गाउँपालिका वडा नम्बर ६ को अध्यक्षमा राजकुमार श्रेष्ठ



नुवाकोट,मंसिर ५ । नेपाल कम्युनिस्ट पार्टी ( माओवादी केन्द्र) दुप्चेश्वर गाउँपालिका वडा नम्बर ६ को वडा भेला सम्पन्न भएको छ।

भेलाले राजकुमार श्रेष्ठको नेतृत्वमा २९ सदस्यीय वडा कमिटी गठन गरिएको छ । कमिटीको उपाध्यक्षमा मेन्दोलामो वाइवा, सचिवमा सौभाग्य तामाङ, सहसचिवमा मुइ लामा तामाङ, कोषाध्यक्षमा सिर्चा तामाङसहित २९ सदस्यीय समिति गठन भएको हो।

कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका स-इन्चार्ज कमल खतिवडा(मनिष), विशेष अतिथि जिल्ला समन्वय समिति सदस्य बिरेन्द्र कुमार श्रेष्ठ(अजय), अतिथि गाउँपालिका कार्यवाहक अध्यक्ष शंकर बहादुर थापा,बुद्धिजीवी होम बहादुर डंगोल,क.ऋशब आचार्य लगायतको उपस्थिति रहेको थियोे

प्रतिक्रिया दिनुहोस्