माओवादी केन्द्र भद्रुटारको अध्यक्षमा कृष्णप्रसाद पाण्डे
नुवाकोट,मंसिर ४ । माओवादी केन्द्र पञ्चकन्या गाउँपालिका वडा नम्बर ५ भद्रुटारको अध्यक्षमा कृष्णप्रसाद पाण्डे चयन भएका छन् ।
शनिबार सम्पन्न वडा अधिवेशनले पाण्डेलाई अध्यक्षमा निर्विरोध चयन गरेको हो।
समितिका अन्य पदाधिकारीमा राजन गिरी उपाध्यक्ष, महेशप्रसाद सिटौला सचिव, कोषाध्यक्षमा दुर्गा गौतम, सह सचिवमा बाबलाल रोक्कासहित २९ सदस्यीय संगठन विस्तार गरिएको माओवादी केन्द्र भद्रुटारले जनाएको छ।