नुवाकोट क्षेत्र नं १ प्रदेश ‘क’ को सभापतिमा शुशिल खड्का बिजयी



नुवाकोट,मंसिर ४ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत नुवाकोट क्षेत्र नं १ प्रदेश ‘क’मा उम्मेदवार छनौटका लागि मतदान सकिएको छ ।

जिल्लाको खरानीटारमा शुक्रबार भएको निर्वाचनमा कुल मतदाता सँख्या भन्दा ६ मत कम खसेको थियोे । प्रदेश १ को ‘क’ मा कूल मतदाता ४६७ रहेकोमा ४६१ मत खसेकोमा मतगणना कार्य समेत सकिएको छ ।

मतगणना अनुसार शुशिल खड्काले आफ्ना निकटतम प्रतिद्वन्दी सरोज के सी लाइ ४५ मतले हराउदै विजयी भएका छन् । सभापतिका उम्मेदवार शुशिल खड्काले २४६ मत प्राप्त गरका छन् भने सरोज केसी ले २०१ मत प्राप्त गरेका हुन ।

प्रतिक्रिया दिनुहोस्