नुवाकोट क्षेत्र नं १ प्रदेश ‘ख’ मा रामजी पौडेलको सिंगो प्यानल नै बिजयी
नुवाकोट,मंसिर ४ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको लागि शुक्रबार भएको नुवाकोट क्षेत्र नं १ प्रदेश ‘ख’मा उम्मेदवार छनौटका लागि भएको मतदान सकिएर मतगणना समेत सम्पन्न भएको छ ।
मतगणना अनुसार सभापतिका उम्मेदवार राम जी पौडेलले १०७ मतले विजयी हासिल गरेका छन् । रामजी पौडेलले २७७ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी ऋषि कुमार तामाङले १७० मत प्राप्त गरेका हुन ।
यस्तै उपसभापतिमा पौडेल प्यानलकै दिपक लामा र रबिन्द्र तामाङले भारी मतले जितेका छन् भने सचिबमा नित्य राज ढुंगाना र सुर्य बहादुर कार्कीले बिजय हासिल गरेको श्रोतले जनाएको छ । सहसचिव पदमा रामजी पौडेल समूहका सुन्दर श्रेष्ठ र सचिन्द्र कुमार लामिछाने विजयी भएका छन् ।