लालपुर्जा नभएकाले लालपुर्जा पाउनुपर्छ : मेटमणी चौधरी



नवलपरासी,मंसिर ३ ।  प्रतिनिधि सभा सदस्य मेटमणि चाैधरीले लामाे समयदेखि वसाेवास गर्दै आएका नागरिकले लालपुर्जा पाउनुपर्ने वताएका छन । शुक्रबार नवलपरासीको वर्दघाट पञ्चनगरमा लामाे समयदेखि वसाेवास गर्दै आएका स्थानीयले आयाेजना गरेकाे कार्यक्रममा सासंद चाैधरीले लालपुर्जा विहिन नागरिकहरुले लालपुर्जा पाउनुपर्ने दावी गरेका हुन । नवलपरासीको वर्दघाट नगरपालिका पञ्चनगरमा वसाेवास गर्दै आएका नागरिकले लालपुर्जा नपाउनु दुखद भएको भन्दै उनले यहाँका नागरिकलाई छिटोभन्दा छिटाे लालपुर्जा दिलाउन आफू लाग्ने वताए ।

नेपाल कम्युनिस्ट पाटी एकीकृत समाजवादीका पाेलिटव्युराे सदस्य तथा लुम्बिनी प्रदेश कमिटीका अध्यक्ष समेत रहेका नेता चाैधरीले ६ महिनाभित्र नेपालका करिव १३ हजार अव्यवस्थित वसाेवास गरेका नागरिकलाई लालपुर्जा दिलाउन आफुहरु लडिरहेको वताए । कम्युनिस्ट पाटीलाई जनताका आवश्यकता पूरा नगर्ने शर्तमा सरकारमा वस्ने अधिकार छैन उनले भने`सरकारमा सहरी विकास मन्त्रालय हाम्रै नेपाल कम्युनिस्ट पाटी एकीकृत समाजवादी पाटीका नेता रामकुमारी झाक्रिले समाल्नुभएकाले अब अव्यवस्थित वस्तीका नागरिकले छिट्टै लालपुर्जा पाउनुहुन्छ ।´

उनले विभागिय मन्त्रीसगँ छलफल भैरहेको र निकास निकाल्ने जिम्मेवारी समेत आफुलाई प्राप्त भएकाले पञ्चनगर लगायत १३ हजार अव्यवस्थित वसाेवास गर्ने नागरिकले लालपुर्जा पाउने कुरामा आफू ढुक्क भएको वताए ।

प्रतिक्रिया दिनुहोस्