टोखा वडा नम्बर १ ले गर्‍यो २७० जना नागरिकलाई सम्मान तथा न्यानो कपडा वितरण



काठमाडौं,मंसिर ३ । टोखा नगरपालिका वडा नम्बर १ ले २७० जना नागरिकलाई सम्मान तथा न्यानो कपडा वितरण गरेको छ ।

शुक्रबार झोरस्थित झरना पार्टी प्यालेसमा गरिएको एक कार्यक्रममा वडा नम्बर १ मातहतका २७० जना जेष्ठ नागरिक, एकल महिला, अशक्त र दलित बालबालिकाहरुलाई सम्मान तथा न्यानो कपडा स्वरुप जकिट वितरण गरिएको हो।

कार्यक्रममा झोरमहाँकालमा बसोबास गर्ने सामाजिक सुरक्षाभत्ता लाभग्राहीहरु, जेष्ठ नागरिक, एकल महिला, शारीरिक अशक्त भएका र दलित बालबालिकालाई सम्मान गर्दै टोखा नगरका मेयर प्रकाश अधिकारीले समाजमा रहेका भगवान सरह पुजनीय ब्यक्तिहरुलाई एकै ठाउँमा भेट्न पाउदा हर्ष अनुभुती भएको प्रतिक्रिया दिए।

कार्यक्रममा टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी, उपमेयर ज्ञानमाया डङोल, वडा नम्बर १ का अध्यक्ष श्रीकृष्ण अधिकारी, नगरका प्रमुख प्रशासकीय अधिकृत प्रकाश आचार्य, स्थानीय बुद्धिजीवी तथा नेता कृष्णप्रसाद अधिकारी, नेकपा एमाले टोखा नगरपालिका वडा नम्बर १ का अध्यक्ष दिलबहादुर तामाङ, समाजसेवी नवराज काफ्ले, झोरमहाँकाल माध्यमिक विद्यालयका प्रधानाध्यापक हरिकृष्ण धिताल लगायतको उपस्थिति रहेको थियोे ।

तस्बिरमा हेरौं

टोखा नगरका मेयर प्रकाश अधिकारी मन्तव्यका क्रममा
उपमेयर ज्ञानमाया डङोल मन्तव्यको क्रममा
टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश आचार्य न्यानो कपडा हस्तान्तरणका क्रममा
न्यानो कपडा हस्तान्तरण लगत्तै पोशाक लगाउन सहयोग पुर्याउदै अतिथि वर्ग
कार्यक्रममा सहभागी जेष्ठ नागरिक, एकल महिला, शारीरिक अशक्त भएका र दलित बालबालिकाहरु लगायत
कार्यक्रममा सहभागी प्रमुख अतिथि गण
कार्यक्रममा सहभागी जेष्ठ नागरिक, एकल महिला, शारीरिक अशक्त भएका र दलित बालबालिकाहरु लगायत भोजन ग्रहणका क्रममा

प्रतिक्रिया दिनुहोस्