५ सय ८० वर्ष यताकै सबैभन्दा लामो ग्रहण लाग्दै, कति बजेदेखि लाग्दैछ ?
काठमाडौं,मंसिर ३ । आज मंसिर ३ गते अर्थात नोभेम्बर १९ तारिख । ५ सय ८० वर्ष यताकै सबैभन्दा लामो चन्द्रग्रहण लाग्दैछ । यो ग्रहण ३ घण्टा २८ मिनेट २४ सेकेण्ड लामो हुनेछ।
चन्द्र ग्रहण नेपाली समयअनुसार दिउँसो १ बजेर ३ मिनेटदेखि साँझ ४ बजेर ३२ मिनेटसम्म रहने बताइएको छ । पृथ्वीबाट चन्द्रमाको अधिक दूरी भएका कारण चन्द्र ग्रहणको अवधि लामो हुन गएको खगोलविद्हरुको दाबी छ।
यो पटकको चन्द्रग्रहणमा चन्द्रमाको ९७ प्रतिशत भाग ढाकिने बताइएको छ । दिउँसो करीब साढे १ बजे ग्रहण उच्च बिन्दुमा पुग्ने बताइएको छ।
यो ग्रहण पृथ्वीका विभिन्न भागबाट देखिनेछ । बैज्ञानिकहरुका अनुसार आजको चन्द्रग्रहण एसिया, अमेरिका, उत्तरी युरोप, अष्ट्रेलिया तथा प्रशान्त महासागरको क्षेत्रबाट प्रत्यक्ष देखिने छ ।