शिवपुरी गाउँपालिका वडा नम्बर ७ माओवादी केन्द्रको अधिवेशन मंसिर ४ गते
नुवाकोट,कात्तिक २ । जिल्लाको शिवपुरी गाउँपालिका वडा नम्बर ७ माओवादी केन्द्रको अधिवेशन मंसिर ४ गते हुने भएको छ।
माओवादी केन्द्र वडा नम्बर ७ ले सुनखानीको ठूलो पाटामा अधिवेशन गर्ने तयारी गरिएको माओवादी केन्द्र शिवपुरी गाउँपालिकाका सचिवालय सदस्य युवा नेता श्याम पाण्डेले बताए । युवा नेता पाण्डेका अनुसार कार्यक्रममा संघीय सांसद तथा पूर्व मन्त्री हितबहादुर तामाङको प्रमुख आतिथ्यता रहनेछ।
पछिल्लो समय शिवपुरी गाउँपालिकामा माओवादीका नेतृत्व पंक्ति आक्रामक शैलीमा संगठन विस्तारमा लागेको बुझिएको छ।