दुई सयले बढ्यो सुनको मुल्य



काठमाडौं, मंसिर २ । नेपाली बजारमा सुनको मुल्य बढेको छ । बुधबार प्रतितोला ९४ हजार ३ सय रुपैयाँ कायम भएको सुनको मुल्य बिहीबार २ सयले बृद्धि भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाल सुन प्रतितोला ९४ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छ । त्यस्तै, तेजाबी सुनको मुल्य आज प्रतितोला ९४ हजार रुपैयाँ कायम भएको छ ।

त्यस्तै, चाँदीको मुल्य भने आज स्थिर रहेको छ । बुधबार प्रतितोला १२ सय ८० रुपैयाँमा खरिद बिक्रि भएको चाँदीको मुल्य आज पनि सोही मुल्य कायम रहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्