नुवाकोट भद्रुटारमा रहेको बच्छलादेवी मन्दिरमा आज भव्य मेलाको तयारी



नुवाकोट, मंसिर २ । जिल्लाको पञ्चकन्या गाउँपालिका वडा नम्बर ५ भद्रुटार चुहानडाडामा रहेको बच्छलादेवी मन्दिरमा भव्य मेलाको तयारी गरिएको मन्दिर संरक्षण समितिले जनाएको छ।

मन्दिर संरक्षण समितिका महेशप्रसाद सिटौलाका अनुसार रातमा लाग्ने मन्दिरको सरसफाइ र बिजुलीबत्ती ब्यवस्थापन गरिसकिएको छ।

गाउँकी देवीका रुपमा चर्चित बच्छलादेवी मन्दिरमा हरेक वर्ष कार्तिक शुक्ल चतुर्दशीमा मेला लाग्ने गर्दछ। कोरोना महामारी संक्रमण घट्दै गएसंगै मन्दिरमा श्रद्दालु भक्तजनको घुइँचो लाग्ने अपेक्षा मन्दिर संरक्षण समितिले जनाएको छ।

साँझ भक्तजनले दीपप्रज्वलन गरी रातभर स्थानीय जाग्राम बसी भजन, चुट्का गाउने गर्दछ्न। यस वर्ष भने स्थानीय कलाकारहरूले प्रत्यक्ष दोहोरी कार्यक्रम समेत गर्ने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्