रुपन्देहीमा एक जना युवकको अपहरण



बुटवल,मंसिर १। रुपन्देहीमा एक जना युवकको अपहरण भएको छ । रोहिणी गाउँपालिका २ मैनिहवाका २१ बर्षीय अनिल कहारलाई भारतमा बस्ने ४ जनाले अपहरण गरेको परिवारको दाबी छ ।

भारततर्फका सञ्जय यादव, बाबुराम यादव, बेचु यादव र अनिल यादवले फोन गरेर अनिललाई दशगजामा बोलाएको र त्यहाँबाट मोटरसाइकलमा भारततर्फ नै लगेको अनिलकी आमा सुधा कहारले बताइन् । आफ्नो छोरालाई बुधबार साँझ करिब साढे ६ बजे सञ्जय यादवको समूहले अपहरण गरी लगेको बताएकी छन् । अपहरणमा संलग्नहरुको दोहोरो नागरिकता रहेको स्थानीयको दावी छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक मनोजकुमार केसीले भने कहारलाई नेपालबाट नभई भारतबाट नै नियन्त्रणमा लिएको बुझिएको बताए ।

प्रतिक्रिया दिनुहोस्