गुल्मी रेसुङ्गामा कोरोना महामारीमा खटिने स्वास्थ्यकर्मी तथा कर्मचारी सम्मान



गुल्मी,मंसिर १ । गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिकाले स्वास्थ्यकर्मी तथा कर्मचारी सम्मान गरेको छ । कोरोन महामारीको समयमा हरपल खटिरहेका स्वास्थ्यकर्मी र कर्मचारी गरी ४८ जनालाई सम्मान गरिएको हो । रेसुङ्गा नगरपालिकाको स्वास्थ्य शाखा अन्तरगत कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारी गरी ४८ जनालाई नगरप्रमुख डिल्लीराज भुसालले एक कार्यक्रमका विच सम्मान गरीएको हो । सम्मान गर्दै नगरपालिकाका मेयर डिल्लीराज भुसालले स्वास्थ्य क्षेत्रमा खटिने कर्मचारीको सुबिधा लगायत हरेक क्षेत्रमा कतिपनि कमी नराखेको बताए ।

कोरोना महामारीमा दुख गरेका कारणले अरु केहि गर्न नसकेपनि सम्मान भएपनि गरिएको भुसालले बताए । कर्मचारीलाई कुनै भेदभव नराखी जनप्रतिनिधी र कर्मचारी बिच सुमधुर सम्बन्धका साथ काम गरेकाले कोरोना महामारीमा राम्रोसँग काम गर्न सफल भएको बताए । उनले सम्मान प्राप्त गर्ने सम्पुणलाई बधाई साथै यसरी सम्मान गर्न पाउँदा धरै खुसि लागेको बताए । कोरोना महामारीमा पदीय मर्यारा जिम्मेवारी सफलताका साथ पुरा गरेकाले नगरपालिकालेसम्मान गरेको रेसुङ्गा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले बताए ।

जनप्रतिनिधि, कर्मचारी राजनितिक दल सबैपक्षको सहयोगमा कोरोना महामारीलाई नियन्त्रणमा ल्याउन समफल भएको मरासिनले बताए । कोरोना महामारीमा खटिने कर्मचारीको तलव बृद्धि र प्रोत्साहन भत्ता पनि दिएको मरासिनीले बताए ।

प्रतिक्रिया दिनुहोस्