हाम्रो आन्दोलन निरन्तर अगाडि बढ्छ- विप्लव
काठमाडौं,कार्तिक ३० । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले आन्दोलनलाई निरन्तरता दिने बताएका छन् । नेता विप्लवले पेट्रोलियम पदार्थको मूल्य वृद्धि र महँगी खारेज नभएसम्म आन्दोलन र संघर्षका कार्यक्रम निरन्तर अगाडि बढ्ने बताएका हुन ।
मंगलबार गरिएको नेपाल बन्दमा सहयोग पुर्याउने सबैलाई विज्ञप्तिमार्फ् धन्यवाद दिँदै मूल्य वृद्धि र महँगी खारेज नभएसम्म संघर्ष निरन्तर रहने उनले बताए ।
उनले पक्राउ गरिएका कार्यकर्तालाई रिहाइको माग गरेका छन् । बन्दका क्रममा तीन सय बढी कार्यकर्ता पक्राउ परेका छन् ।