नेकपाको बन्दले प्यूठानको जनजीवन प्रभावित
प्युठान,कात्तिक ३० । विप्लव नेतृत्वको नेकपाले गरेको नेपाल बन्दको प्यूठानमा पूर्ण प्रभाव परेको छ । बन्दका कारण विहानै देखी वजार,कलकारखाना र शिक्षण संस्था खुलेका छैनन् ।
बन्दका कारण जिल्लामा चल्ने लामो तथा छोटो दुरीका सवारी साधनसमेत चलेका छैनन् । छोटो दुरीका सवारी साधन नचल्दा यात्रुहरु पैदलयात्रा गर्न बाध्य भएका छन् ।
बन्दले काठमाण्डौ, वुटवल, नेपालगंज र दाङ जान ग्रामीण भेगवाट प्यूठान बिजुवार आएका यात्रुहरु अलपत्र परेका छन् । बन्दको जानकारी नभई विहानी कक्षाका लागि विद्यालय पुगेका विद्यार्थीहरु विद्यालय बन्द भएसंगै फर्किएका छन् ।
बन्दले जिल्ला बिजुवार साथै बाग्दुला,खलंगा दाखाक्वाडी,मच्छि बजार क्षेत्र समेत ठप्प रहेका छ्न।जिल्लाको सरुमारानी क्षेत्रमा भने बन्दको प्रभाव खासै देखिएको छैन। यहाँ यातायातका साधनहरु ठप्प भएपनी बजार भने पुर्ण रुपमा खुलेका छन। सरकारी कार्यालय र बिद्यालयहरु संचालनमा छन। बन्दको आवह्वान गर्दै नेपाल कम्युनिष्ट पार्टी प्यूठानले हिजो वेलुका जिल्ला सम्पूर्ण पालिकामा मसाल जुलुस समेत गरेको थियो।
देशव्यापी गरिने संघर्षका केन्द्रीय तालिका अनुसार आज नेपाल बन्द गर्ने कार्यतालिका रहेको नेकपा प्युठानका सेक्रेटरी अजय घर्ती ले बताएका छन् । आज गरिने नेपालबन्द अन्तर्गत अस्पताल,एम्बुलेन्स,खानेपानी, तरकारी र दुग्धजन्य पदार्थ, दमकल लगाएतका खुलै रहने तर त्यसबाहेक बजार ब्यबसाय, स्कुल, कलेज करकारखाना,यातायात लगाएतका अरु सबै क्षेत्र बन्द गर्न आह्वान गरिएको नेकपा प्युठानका सचिवालय सदस्य तथा अखिल क्रान्तिकारी प्युठानका फ्रयाक्सन इन्चार्ज याङ्क पुन मगरले जानकारी दिए ।
मंगलबार नेपाल बन्द घोषणा गरेपछि जिल्ला प्रशासन कार्यालय प्यूठानले सुरक्षाकर्मी सोमबार साँझदेखि नै परिचालन गरिएको छ।