रेडक्रस साेसाईटी विष्णुमती उपशाखाद्वारा झोर स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री सहयोग



काठमाडौं,कात्तिक २९ । टोखा नगरपालिका वडा नम्बर १ स्थित झोर स्वास्थ्य चौकीलाई नेपाल रेडक्रस सोसाइटी विष्णुमती उपशाखाले स्वास्थ्य सामग्री सहयोग गरेको छ।

सोमबार एक कार्यक्रम बीच सो शाखाका सचिव नबराज काफ्लेकाे पहलमा सो स्वास्थ्य सामग्री प्रदान गरिएको झोर स्वास्थ्य चौकीले जनाएको छ।

शाखाका सचिव काफ्लेले संस्थाका सभापति निरन्जन सेढाई,स्वास्थ्य चौकीका कर्मचारी लगायतकाे उपस्थितिमा वडा नम्बर १ का अध्यक्ष श्रीकृष्ण अधिकारी मार्फत स्वस्थ्य चाैकीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको थियोे ।

प्राप्त स्वास्थ्य सामग्रीमा अक्सिजन सिलिण्डर ,पिपिइ ,सर्जिकल/एन ९५ माक्स, थर्मगन, अक्सिमिटर, ग्लाेवस् लगायत रहेका छन्।

प्रतिक्रिया दिनुहोस्