टोखा झोरमा रहेको उत्प्रेरणा सहकारीले वृद्धवृद्धाको जीवनगाथा समेटेर पुस्तक प्रकाशन गर्ने



काठमाडौं,कात्तिक २८ । टोखा नगरपालिका वडा नम्बर १ झोरमा रहेको उत्प्रेरणा बहुउद्देश्यीय सहकारी संस्थाले वृद्धवृद्धाको जीवनगाथा समेटेर पुस्तक प्रकाशन गर्ने तयारी गरेको छ।

शनिबार झोरस्थित वौडेश्वर माद्यामिक विद्यालयमा भएको उमेरले ७० वर्ष कटेका र विभिन्न सेवाबाट निवृत्त भएका नागरिकको भेलाले सो निर्णय गरेको हो।

विक्रम संवत २०६६ सालमा स्थापित सो सहकारीले पुस्ता परिवर्तन हुने, कतिपय आदर्शवान व्यवहारमा पछिल्लो पुस्ताले गुमाउँदै गएकाले केहि हदसम्म संरक्षण गर्न यस क्षेत्रका वृद्धका अनुभव पुस्तक तथा भिडियोमा समेट्न खोजिएको संस्थाका कृष्णप्रसाद अधिकारीले बताए।

झोर क्षेत्रमा मात्रै २ सय बढी ७० वर्ष कटेका तथा सरकारी सेवा निवृत्त भएका नागरिक रहेको समेत संस्थाले जनाएको छ।

लेख तथा जीवनगाथा समन्वय कर्ताहरुको भेला

प्रतिक्रिया दिनुहोस्