नेपाली साहित्य क्षेत्रमा पुस्ता हस्तान्तरण आवश्यक: नगर प्रमुख कक्षपति
प्युठान,कात्तिक २७ । नेपाली साहित्यको क्षेत्रमा पुस्ता हस्तान्तरणको आवश्यकता रहेको प्यूठान नगरपालिकाका नगरप्रमुख अर्जुन कुमार कक्षपतिले बताएका छन । ‘लामो समयदेखि एउटै पुस्ताले प्यूठानको साहित्य क्षेत्रमा काम गरेको देखिएको छ ।’ नगरप्रमुख कक्षपतिले भने – ‘अब यो पुस्ता पछिको प्यूठानको सात्यि कता जाने भनेर सोच्नुपर्ने बेला आएको छ । ‘
महाकबि लक्ष्मिप्रसाद देबकोटाको ११३ औ जन्मजयन्ति समारोह ताथ कबिता बाचनको अबसरका प्रमुख अतिथिको रुपमा उपस्थित नगरप्रमुख कक्षपति उक्त कुरा बताएका छन ।
“साहित्य समाज परिबर्तनको मेरुदण्ड हो । नगरप्रमुख कक्षपतिले भने –जबसम्म साहित्यको बिकास हुदैन , समाज परिबर्तनको आशा गर्नु ब्यर्थ हुन्छ ।” साहित्य परिषद प्यूठान, जनता माबि बाग्दुला तथा राप्ति साहित्य परिषद प्यूठानको संयुक्त आयोजनामा सञ्चालन भएको कार्यक्रममा प्यूठान जिल्लाबाट प्रकाशित हुने “प्यूठानी कोशेली” र “सुमन” २०७८ को बिमोचन र कबिता बाचन कार्यक्रम पनि गरिएको थियो ।
कार्यक्रममा कवि राम प्रसाद पोखे्रल , बिमला खनाल, लक्ष्मि मगर , माधब प्रसाद पोख्रेल, धुर्ब गीरी,राजकुमारी कुवर ,अनुज पछाई,देबेन्द्र कुमार रिजाल,कमल पोख्रेल लगायतले कविता बाचन गर्नुभएको थियो ।
साहित्य परिषद प्यूठानका अध्यक्ष गेहराज थापाको अध्यक्षतासंगै सुरु भएको कार्यक्रमको प्रमुख अतिथी प्यूठान नगरपालिका नगरप्रमुख अर्जुन कुमार कक्षपति,विशिष्ट अतिथि जेष्ठ नागरिक गेहराज पण्डित , नेपाल वार एसोसेसनका केन्द्रिय सदस्य डा शिबराज पण्डितको उपस्थिति रहेको थियो ।