१० औं महाधिवेशन एकताको महाधिवेशन हुन्छ :खड्का



अर्घाखाँची,कात्तिक २७ । नेकपा एमालेका केन्द्रीय सदस्य चन्द्रबहादुर खड्का उज्ज्वलले पार्टीको आसन्न महाधिवेशन एकताको महाधिवेशन हुने बताएका छन् । नेकपा एमालेको १० औं महाधिवेशनको निम्ति अर्घाखाँची जिल्लाबाट छनौट भएका प्रतिनिधिहरुको घोषणासभा तथा प्रमाणपत्र बितरण कार्यक्रममा मन्तव्य राख्दै उनले महाधिवेशनपछि पार्टी नयाँ गतिका साथ जनतामा जाने बताए । खड्काले वर्तमान सरकारलाई श्री ६ को संज्ञा दिंदै, ५ दल र अदालतको षड्यन्त्र बाट निर्मित सरकारले जनताको पक्षमा काम गर्न नसक्ने आरोप लगाए ।

प्रमुख निर्वाचन अधिकृत टामलाल पाण्डेको अध्यक्षता र निर्वाचन अधिकृत विजय केसीको संचालनमा सम्पन्न कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य वोमबहादुर बिक,एमाले केन्द्रीय सल्लाहकार परिषद्का सदस्य नरेन्द्र कुमार क्षेत्री , केन्द्रीय शिक्षा बिभागका सदस्य भोजबहादुर शाह,एमाले जिल्ला उपसचिव प्रेमनारायण गैरे लगायतका वक्ताहरुले मन्तव्य राख्दै परमादेश सरकारका कारण मुलुक गम्भीर संकटमा फस्दै गएको बताए । कार्यक्रम १० औं केन्द्रीय महाधिवेशनको निम्ति अर्घाखाँची जिल्लाबाट सर्वसम्मत चयन भएका १६ जना महाधिवेशन प्रतिनिधिलाई प्रमाणपत्र वितरण गरिएको थियो ।

यसअघि अर्घाखाँची जिल्लाबाट महाधिवेशनमा सहभागी हुने सबै महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन भएका थिए ।यसरी सर्वसम्मत चयन हुनेहरूमा नेकपा एमालेका जिल्ला अध्यक्ष तथा प्रदेश सभा सदस्य चेतनारायण आचार्य,एमाले लुम्बिनी प्रदेश कमिटीका सचिवालय सदस्य तथा प्रदेशसभा सदस्य रामजी प्रसाद घिमिरे ,प्रदेशसभा सदस्य तथा महिलानेतृ जाल्पा भुसाल , प्रदेश कमिटीका सदस्यहरु जनार्दन खनाल ,पिताम्बर भुसाल ,कुटमदिन अलि,प्रकाश ज्ञवाली ,जिल्ला सचिव तोजबहादुर रायमाझी ,कार्यालय सचिव लिलबहादुर बि.क.,मालारानी गाउँ पालिकाका उपप्रमुख प्रमिला क्षेत्री रहेकी छिन ।

यसैगरी निर्विरोध चयनहुने अन्य महादिवेशन प्रतिनिधिहरुमा खगिश्वर पन्थी , भोजवहादुर गन्धर्व ,कासिराम आचार्य,बिजुला रायमाझी ,विष्णुमाया आचार्य र शिबकला बिक रहेका छन । केन्द्रीय प्रतिनिधिहरु तोजबहादुर रायमाझी र प्रकाश ज्ञवाली पुर्व माओवादी नेता हुन् भने अन्य प्रतिनिधि सबै पुर्व एमाले हुन् ।

महादिवेशन प्रतिनिधि सर्वसम्मत चयनको पहलको लागि एमाले जिल्ला कार्यालयको बैठकले यस अघि पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज चन्द्रबहादुर खड्का उज्ज्वल संयोजक ,केन्द्रीय सदस्य वोमबहादुर बिक,प्रदेश कमिटीका सदस्य केवी भुसाल ,सन्धिखर्क नगर कमिटीका अध्यक्ष श्रीकृष्ण भुसाल , जिल्ला सचिवालय सदस्य ध्रुव के.सी. रहेको ५ सदस्य कार्यदल गठन गरेको थियोे । सर्वसम्मत प्रतिनिधि चयन गरे सँगै नेकपा एमाले अर्घाखाँचीमा गुटबन्दीको अन्त्य भएको छ । नेता तथा कार्यकर्ताहरु एक ढिक्का भएका छन् भने जनता र शुभेच्छुकमा उत्साह थपिएको छ ।

प्रतिक्रिया दिनुहोस्