एमाले दशौं महाधिवेशन :प्युठानबाट सबै प्रतिनिधि सर्वसम्मत
प्युठान,कार्तिक २७ । नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनका लागि प्युठानमा सबै प्रतिनिधिहरु सर्वसममत चयन भएका छन।
एक जना दलित कोटासहित ९ जना प्रतिनिधिका लागि ३५ जनाको उमेद्वारी परेकोमा अन्य आकांक्षीहरूले उम्मेदवारी फिर्ता लिएपछी सहमतिमा नौ जना प्रतिनिधि चुनिएका हुन ।
सर्वसम्मत चयन भएका महाधिवेशन प्रतिनिधिहरूमा खुलातर्फ हरि रिजाल, तुल्सीराम शर्मा, धनबहादुर रायमाझी, टेकुलाल गिरी, विजयविराज बिष्ट र डिलबहादुर थापा मगर रहेको एमालेले जनाएको छ।
महिला प्रतिनिधितर्फ कमला रिजाल र गाेमा रेग्मी चयन भएका छन । दलिततर्फ झगबहादुर विश्वकर्मा प्रतिनिधि चयन भएको एमाले प्युठानले जनाएको छ ।प्युठान एमालेमा ५ हजार जना संगठित सदस्य छन।